
दैलेख – बालअधिकार प्रवद्र्धनका क्षेत्र थुप्रै काम गर्न सकिन्छ, गर्नुपर्छ । बालबालिकाको सवोत्तम हित र कल्याणका लागि काम गर्नु राज्यको दायित्व हो, यही दायित्व निर्वाह गर्न स्थानीय बालअधिकार समिति सक्रियता जरुरी छ । यो विषयमा नारायण नगरपालिका स्तरीय बालअधिकार समितिका पदाधिकारीहरुका लागि बाल संरक्षण तथा घटना व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा यो विषय उठेको हो ।
यूनिसेफको सहयोगमा सशक्त महिला समृद्ध नेपाल परियोजनाले दैलेखको नारायण नगरपालिकामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बालअधिकारका सिद्धान्त, बालबालिका सम्वन्धी नीति नियम, बालअधिकार महासन्धी, बालबालिका सम्वन्धी कानून, नियमावली लगायतले गरेको कानूनी व्यवस्था र प्रभावकारी कार्यान्वयको सवालमा समुदाय, परिवार र नागरिक समाजको भूमिका विषयमा छलफल भएको थियो ।
बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिता निम्ति स्थानीय सरकारले गर्न सक्ने काम र लक्षित वजेट कार्यक्रममा समेटिनुपर्ने अवस्था विषयमा नारायण नगरपालिकाको पहलकदमी, समुदाय र आम नागरिकहरुको समन्वय विषयमा राष्ट्रिय बाल अधिकार परिषदका डम्बर रोकायले बनाउनुभयो । नारायण नगरपालिका उपमेयरलाई तप्ता थापाले बाल अधिकारी प्रत्याभूती दिलाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्