२०८१ चैत ३० , शनिबार (2025 Apr 12, Saturday)

बालबालिकालाई पत्रकारिता र मनोविज्ञान तालिम



दैलेख – सोसेक नेपाल, सेभ द चिल्ड्रेन र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको साझेदारीमा सञ्चालिन सहयात्रा परियोजनाले चामुण्डाबिन्द्रासैनी क्षेत्रका ३६ बालिकालाई पत्रकारिता र मनोविज्ञान विषयमा जम्बुकाँधमा दुई छुट्टाछुट्टै तालिम दिइएको छ । सहयात्रा परियोजना अन्तरगत गठित बाल क्लवका १८-१८ जना अभियानकर्ता बालिकाको सहभागिता थियो ।

बालिकाहरुलाई पत्रकारिताका आधारभूत ज्ञान र अभिव्यक्ति सीप विकास विषयमा बुधबार र विहीबार दुई दिनसम्म चलेको तालिममा आमसञ्चार माध्यमका लागि लेखिने समाचारका तत्व, समामारको सन्तुलन, विश्वसनीयता, सिर्जनशीलतासंगै सरल, शुद्ध र संक्षेपमा अभिव्यक्त गर्ने विषयमा पत्रकार अमर सुनार र सुरेन्द्र शाहीले सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी सहयात्रा परियोजनाकै आयोजनामा बालअधिकार अभियानकर्तालाई बाल क्लवले गर्ने मानवता सवाल र पीडितहरुको मनोविज्ञान थाहा पाउने विधिका विषयमा तालिम दिइएको बताइएको छ । बुधबारदेखि तीनसम्म चलेको तालिममा सोसेक नेपालका बाल हेल्पलाइनका संयोजक रमा श्रेष्ठ र मनोविमर्शकर्ता गीता बिष्टले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार