२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

चाेरखाेलामा फोर्स दुर्घटना, तेह्र जना घाइते



दैलेख – कैलालीबाट सुर्खेत हुँदै अछाम जाँदै गरेको सुदूरपश्चिम ०१-००१ ख ३०४६ फोर्स गोडी मंगलबार राति कर्णाली राजमार्ग खण्डमा पर्ने दैलेखको गुराँस गाउँपालिका–२ चोरखोलामा नजिक भित्तामा ठाेक्किँदा १३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय ढकाल मेडिकलमा प्राथमिक उपचारपछि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर र मध्यम घाइते ८ जनालाई कर्णाली प्रदेश ०२-००१ ख ९१५ र सामान्य घाइते ५ जनालाई कर्णाली प्रदेश ०२-००१ ख ४४२ नम्बरको फोर्स गाडीमा उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।

गाडीमा सवार २६ मध्ये अरु १३ जनालाई पनि वैकल्पिक यातायातका साधनबाट गन्तव्य तर्फ पठाइएको र ठेगाना नखुलेका गाडी चालक बिमल दमाई दुर्घटना लगतै फरार भएका र दुर्घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरी जनाएको छ ।

गम्भीर घाइतेहरु
१. अछामको ढकारी गापा–८ की ४ वर्षीया नेहा खड्का,
२. अछामको ढकारी गापा–१२ की ५० वर्षीया पार्वती शाही,
३. दैलेखको आठबीस नपा–४ का २५ वर्षीय रिदम शाही,

मध्यम घाइतेहरु
४. अछामको मंगलसेन नपा–१४ का ३५ वर्षीय केशर सोडारी,
५. अछामको मंगलसेन नपा–१४ का ५६ वर्षीया जैसरा भण्डारी,
६. अछामको मंगलसेन नपा–१४ का ६१ वर्षीय नरबहादुर सोडारी,
७. अछामको ढकारी गापा–१४ की ३७ वर्षीया ढिक्रा सोडारी,
८. कैलाली लम्कीचुहा नपा–१२ का ४१ वर्षीया बिमा बुढा,

सामान्य घाइतेहरु
९.अछामको ढकारी गापा–१४ का ८ वर्षीय कृष्ण खड्का,
१०. अछामको ढकारी गापा–८ की ५६ वर्षीया चम्पा खड्का,
११. अछामको ढकारी गापा–१४ का १३ वर्षीय किस्मत बयक,
१२. अछामको ढकारी गापा–१२ का ४५ वर्षीय देबेन्द्र शाही र
१३. दैलेखको आठबीस नपा–५ का ५६ वर्षीय अमिक शाही ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार