२०८१ चैत ३० , शनिबार (2025 Apr 12, Saturday)

आज मौसम सफा रहने



काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हिजो अस्ति बादल देखिए पनि आज बुधबार मुलुकभर नै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूती पोखरेलले जानकारी दिनुभयो ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा छिटपुट बादल र हल्का वर्षा हुने सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने प्रवक्ता पोखरेलले बताउनुभयो ।

बिहीबार बिहान तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना रहेको तथा त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार