२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्छ : थापा 



दैलेख – जिल्ला हुलाक अधिकृत निर्मला थापाले पत्रकारहरु प्रविधिमा पोख्त हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाले आयोजना गरेको १० दिने ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रम उहाँले बदलिदो समयमा प्रविधि बारे पत्रकारहरु पोख्त हुनपर्ने बताउनुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका पूर्व अध्यक्ष पुस्कर थापाले नेपाल पत्रकार महासंघ दैलेख शाखाले पत्रकारहरुको क्षमता विकासका लागि गरिरहेको प्रयासहरुको प्रशंसा गर्दै यसले पत्रकारहरुको व्यवसायिक क्षमता विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको १० दिने ग्राफिक डिजाइन तालिमको समापन कार्यक्रममा फोटो पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजालले पनि बोल्नुभएको थियो ।

त्यस अबसरमा प्रेस चौतारी नेपालका जिल्ला सचिव यामराज बिष्ट, तालिमका प्रशिक्षक प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीले पनि तालिमको महत्व बारे बोल्नुभएको थियो । फोटो, इन्डिजाइन लगायतका पत्रकारका लागि आवश्यक ग्राफिक विषयमा प्रशिक्षण दिइएको तालिममा ११ जनाकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार