
दैलेख – दैलेख जेसीजको सन् २०२५ को अध्यक्ष जेसी प्रतिमा खड्का चुनिनुभएको छ । निवर्तमान अध्यक्ष जेसी प्रकाशकुमार बुढाले एक भव्य कार्यक्रममा औपचारिक रुपमा उहाँलाई पद हस्तान्तरण गर्नुभयो ।
कार्यकारिणी उपाध्यक्ष जेसी योगेश खड्का, कार्यकारीणी उपाध्यक्ष जेसी रेखा थापा, कानूनी सल्लाहकार जेसी भीम सिजापति, महासचिव जेसी डा प्रयास विक्रम सिजापति, कोषाध्यक्ष जेसी हिक्मत बुढा चयन हुनुभएको छ ।
दैलेख जेसीजको सन् २०२५ को उपाध्यक्ष जेसी जीत बहादुर थापा रोशन, जेसी कृष्ण प्रसाद अधिकारी, जेसी गौरव भण्डारी, जेसी हरी बहादुर थापा क्षेत्री सर्वसम्मतीबाट चयन हुनुभयो । उहाँहरु सबैको सपथ पनि आजै भएको छ ।
पद हस्तान्तरण कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले युवा पङतिलाई सत्मार्ग लगाउन र व्यक्तित्व विकासको निम्ति दैलेख जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्दै रचनात्मक काममा सधैं सहयोग हुने बचन दिनुभयो ।
त्यसबखत दैलेख जेसीजका मातृ शाखा बीरेन्द्रनगर जेसीजका २०२५ का अध्यक्ष दिलिपजंग शाही, नारायण नगरपालिका६ का वडाध्यक्ष जनक शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष अमर सुनार ललगायतले शुभकाकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नविन रिजाल, प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारी, जेसीजका पूर्व सल्लाहकार भूपेन्द्र शाही लगायतका महानुभावले बोल्नुएको थियो । कार्यक्रममा जेसीजलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्