२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

डेकेन्द्र स्मृति भवनका लागि जग्गाको खोजी हुँदै



महासंघकाे जिल्ला कार्यसमितिकाे निर्णय

दैलेख – नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले बनाउने डेकेन्द्र स्मृति भवन निर्माणका लागि जिल्ला सदरमुकाम क्षेत्रभित्र निशुल्क जग्गा दान गर्न चाहनेहरुसंग अनुरोध गर्ने र त्यति हुँदा पनि जग्गा प्राप्त नभएमा सार्वजनिक जग्गा प्राप्तीका लागि नेपाल सरकारसंग अनुरोध गर्ने निर्णय गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा बसेको बैठकल डेकेन्द्र स्मृति भवन निर्माणका लागि दैलेखका राजनीतिक दल बृहत छलफल गर्ने र बजेट श्रोत निश्चितताका लागि दैलेखका ११ वटै स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरु समेतको सहभागितामा समन्वय बैठक बस्ने निर्णय गरेको छ ।

बैठकले दैलेखमा कार्यक्षेत्र बनाई काम गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि पत्रकार कार्यशाला गोष्ठी सञ्चालन गर्ने र पत्रकारहरुलाई प्रोत्साहित गर्न लेखनबृति कार्यक्रम सञ्चालन गर्न दैलेखका विकास साझेदारहरु र विकासे अड्काहरुसंग अनुरोध गर्ने निर्णय गरेको महासंघका जिल्ला सचिव भीम सिजापतिले जानकारी दिनुभयाे ।

नेपाल पत्रकार संघका पूर्व केन्द्रीय सदस्य नबिन रिजाल, नेपाल पत्रकार संघ  दैलेखका पूर्व अध्यक्षहरु यज्ञराज थापा, पुस्कर थापा, दोश्रो कार्यकालका अध्यक्ष कमल शर्मा, केन्द्रीय परिषद सदस्य गोबिन्ददेव भारती, कर्णाली प्रदेश परिषद सदस्य भरतराज अधिकारी समेत आमन्त्रण गरिएको थियो ।

प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार