२०८३ साउन १ , शुक्रबार (2026 Jul 18, Saturday)

बलात्कार आरोपित पक्राउ



प्रतीकात्मक स्केच चित्र ।

दैलेख – १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका–३ बाँसीका २० वर्षीय गणेश बिष्ट पक्राउ परेका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा असार ३२ गते बिष्टलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयाे ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पनि असार ३२ गते दैलेख अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार