२०८१ पुस २८ , आइतबार (2025 Jan 12, Sunday)

बाेलेराे दुर्घटना : चालक र सहचालक घाइते



उपचारत चालक भगत सार्की

दैलेख – बाेलेराे जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । रिटेलिङ सामान बाेकेेकाे कर्णाली प्रदेश ०२-००१ च ०७४४ नम्बरको बाेलेराे जीप मध्यपहाडी राजमार्गकाे मनघरकाे तल रुम खाेला नजिक भएको दुर्घटनामा ती दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जाजरकोट जिल्लाकाे कुसे गाउँपालिका-२ टालेगाउँका गाडी  चालक ३२ वर्षीय भगत सार्की र जाजरकोटकै बारेकाेट गाउँपालिका-६ नायकवाडाका ३१ वर्षीय सहचालक माेहन सार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयाे ।

उपचारपछि सहचालक माेहन 

चालक भगतकाे टाउकाेमा र सहचालक माेहनकाे नाकमा बढी चाेट लागेकाे दैलेख अस्पतालका इञ्चार्ज डा. रत्नबीर सुनारले जानकारी दिनुभयाे । दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि चालक भगतलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको र सहचालक माेहनलाई डिस्चार्ज गरिएको डा. सुनारले बताउनुभयाे ।

तीब्र गतिकाे कारण चालकले नियन्त्रण गुमाएपछि गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । सडकबाट झण्डै ६० मीटर तल गाडी भीरमा खसे पनि चालक र सहचालक सडकदेखि १० मीटर तल ग्याविन जालीमा अड्केककाे अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पठाएका थिए ।

दुर्घटनाग्रस्त बाेलराे जीप

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार