काठमाण्डौं – रसुवामा आएको विनाशकारी बाढीमा परी बुधबार साँझसम्म विभिन्न स्थानमा जम्मा ९५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शव पहिचान हुन सकेको छैन ।
रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा ३३, गोरखामा १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।
सयौं नागरिक वेपत्ता रहेकोले मृतकको संख्या बढ्न सक्बाने उहाँले बताउनुभयो। बाढीमा बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र बाटो अवरोध हटाउने काम भइरहेको प्रहरीले नेपाल प्रहरीका प्रवक्ता डीआईजी काफ्लेले बताउनुभयो ।
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार







प्रतिक्रिया दिनुहोस्