२०८३ वैशाख ३० , बुधबार (2026 May 13, Wednesday)

सदरमुकाममा बजार अनुगमन



दैलेख – जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्ला सदरमुकाम दैलेखबजारमा बजार अनुगमन गरेको छ । खाद्यन्न पसल, हार्डवेयर पसल, फैन्सी पसल, होटल, मेडिकल, स्टेशनरी लगायतको अनुगमन गरिएको थियो ।

दैनिक उपभोग्य बस्तुहरुको भण्डारण, बजारभाउ, ग्राहकसंगको व्यवहार, बिल बिजक, व्यवसाय दर्ता तथा नवीकरणको अवस्था समेत अनुगमनको क्रममा हेरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नासु प्रेमबहादुर बिष्टले जानकारी दिनुभयो ।

होटल व्यवसायहरुमा सरसफाई सुधार गर्नुपर्ने, मेडिकलहरुले डक्टरको प्रेसस्क्रीप्सनको आधारमा मात्र औषध बेच्न, खाद्य बस्तुको उपभोग मिति हेर्न र बिक्री गरिएको हरेक सामानको बिल जारी गर्न सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र शाहीले बताउनुभयो ।

बजारमा दैनिक उपभोग्य बस्तुहरु उपलब्धता, अभाव बस्तुहरुको आपूर्ति व्यवस्था र स्वस्थ प्रतिस्पर्धालाई बढावा दिन बजार अनुगमन गरिएको हो । अनुगमनमा नारायण नगरपालिका, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुको समेतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार