२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६ पुग्यो



रसुवा – चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । बुधबार बिहान करिब ९ बजे आएको बाढीमा परेका १६ जनाको शव दिउँसो पौने ३ बजेसम्म फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फेला परेका शवमध्ये रसुवामा एक, नुवाकोटमा नौ र धादिङमा छ जनाको शव भेटिएको हो । मृतकमध्ये सात जना महिला, आठ जना पुरुष र एक जनाको पहिचान खुल्न नसकेको रसुवाका प्रहरी इञ्चार्ज डीएसपी अशाेक थापाले जानकारी दिनुभयाे ।

बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा उद्धार तथा खोजी कार्य जारी राखेका छन् । सम्पर्कविहीन भएका व्यक्तिहरूको समेत खोजी भइरहेकोडीएसपी अशाेक थापाले बताउनुभयाे ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार