पहरेदार सम्वाददाता २०८३ असार २१ गते आइतबार 09:58 AM
दाङ – चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोपाइँ गरिरहेका बेला हिजो बेलुका परेको चट्याङ लागेर घोराही उपमहानगरपालिका–२ निवासी २६ वर्षीया दिपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घटनामा घोराही–२ मर्फेसकी २९ वर्षीया कमला थापा र सोही स्थानका ३४ वर्षीय सन्दीप बिक घाइते भएका छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्