दैलेख – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, त्रिवेणी सङ्गम चुप्रामा आयोजित दोस्रो चुप्रा कृषि, व्यापार, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३’ को बुधवार उद्घाटन गर्नुभएको छ ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस प्रकारका मेला–महोत्सवले स्थानीय कला, संस्कृति र व्यापारको प्रवद्र्धनका साथै स्थानीय उत्पादित कृषि उपजको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
त्रिवेणी सङ्गम कर्णाली प्रदेशकै ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल भएको उल्लेख गर्दै उहाँले महोत्सवले सिङ्गो प्रदेशको प्रचार प्रसारमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीयताको कार्यान्वयन सँगै देशमा सकारात्मक परिवर्तन र विकास निर्माणले गति लिएको चर्चा गर्दै मुख्यमन्त्री शाहीले संविधान मार्फत जनताका अधिकार लिपिबद्ध भएको बताउनुभयो ।
सङ्घीयता आए पछि महिला राष्ट्रपति हुनेदेखि लिएर जनताका धेरै अधिकार संविधानमा सुनिश्चित भएका छन् । उहाँले भन्नुभयो ‘विगतमा कामै भएन भन्नु आरोप मात्र हो, जनताले आफ्ना अधिकार पाएका छन् ।’
विकास निर्माण राता रात जादुमय तरिकाले नहुने स्पष्ट पार्दै उहाँले केवल बोलेर भन्दा पनि व्यावहारिक रूपमा काम गरेर देखाउनु पर्नेमा जोड दिनुभयो ।
स्थानीय कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा युवाहरू लाई प्रोत्साहित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक ब्वाइज युनियनका अध्यक्ष केशव खड्का बताउनुभयाे ।
असोज ३१ गते सम्म सञ्चालन हुने सो महोत्सवका लागि डुङ्गेश्वर गाउँपालिका वडा नं. १ काे चार लाख आर्थिक सहयोग उपलब्ध गराएको अरू ब्वाइज युनियनले जुटाउने छ ।
महोत्सव बाट सङ्कलित हुने बचत रकम बाट वडा नं. १ स्थित पर्यटकीय सम्भावना बोकेको भाइरल डाँडा’लाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष श्याम रानाले जानकारी दिनुभयो ।
स्थानीय कला–संस्कृतिको जगेर्ना, कृषि उपजहरूको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्