२०८३ साउन २ , शनिबार (2026 Jul 19, Sunday)

कला–सँस्कृति संरक्षणमा जोड



काठमाण्डौं – प्रतिनिधिसभा सदस्य केपी खनालले कलाकार समाजका साझा सम्पत्ति भएकाले गीत–संगीतमार्फत सामाजिक चेतना परिवर्तनमा महत्वपूर्ण योगदान पुगेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा कर्णाली र सुदूरपश्चिमका कलाकारहरूसँग आयोजित भेटघाट कार्यक्रममा उहाँले प्रविधिको विकास र सामाजिक सञ्जालको विस्तारले सकारात्मक सन्देश आमनागरिकसम्म सहज रूपमा पुग्न थालेको बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिमको मौलिक कला–संस्कृतिको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि संग्रहालय स्थापना आवश्यक रहेको उहाँको भनाइ थियो ।

आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद भए पनि कलाकारका साझा मुद्दामा सबैसँग सहकार्य गर्ने उद्देश्यले कलाकारहरूको पृष्ठपोषण, सुझाव र धारणा संकलन गर्न भेटघाट कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

भेटघाट कार्यक्रममा कलाकार रेखा जोशी, चक्र बम, निरुता खत्री, मिस पवी, इव्सल सञ्ज्याल, विपना सिंह, यशोदा देवकोटा, संगीता बडुवाल लगायतका कलाकारहरू र कलासँस्कृतिप्रेमीहरु समेतकाे सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार