दैलेख – दुई वटा बोलेरो जीप ठोक्किंदा दैलेखमा आठ जना यात्रु घाइते भएका छन् । दैलेख सदरमुकाबाट यात्रु लिएर बेस्तडा जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०५३५ डबल क्याव र बेस्तडाबाट दैलेख सदरमुकाम आउदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०२९५ सिंगल क्याव आज दिउँसो सिमाडामा ठोक्किएर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भगवतीमाई गाउँपालिका–२ रुम गाउँका चालक १९ वर्षीय दिपक बोहोरा, त्यही गाउँका २६ वर्षीया अनिता केसी रावत, उहाँको छोरा ३ वर्षीय प्रकाश रावत, ३० वर्षीय दिपक बोहोरा, २८ वर्षीया रोजिना तिरुवा, ३२ वर्षीया गगना बिक, ७० वर्षीया लालसरा बिक र जुम्लाको तिला गाउँपालिका–५ का ३० वर्षीय प्रकाश रावत घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरु सबै कर्णाली प्रदेश ०२–००१ च ०५३५ डबल क्यावमा सवार यात्रुहरु रहेको र उनीहरु सबैको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
मध्यपहाडी राजमार्गको चौडा सडकमा दुर्घटना कसको लापरवाहीले भयो भन्ने घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । सिंगल क्याव चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का २३ डम्बर बुचामगरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
दुर्घटना हुँदा यात्रुबहाक डबल क्यावको सडकदेखि ११ मीटर तल खाेल्सामा खसेको छ भने सिंगल क्यावमा सामान्य क्षति पुगेको र दुर्घटना लगतै स्थानीय र प्रहरीले घाइतेहरुलाई उद्धार गरी अस्पताल पु¥याएका जिल्ला ट्राफिक कार्यालय दैलेखका इञ्चार्ज असई टोपबहादुर महताराले बताउनुभयो ।
घाइतेहरुलाई अस्पताल पु¥याए लगतै दैलेख अस्पतालका डा. सविना दाहाल, डा. अभिशेक ओझा, डा. जगदीशचन्द्र महत, डा. जितेन्द्र तामाङ्ग लगायतका चिकित्सकहरुहरुको टोलीले तत्परताका साथ उपचार गरेको थिथो । घाइते मध्ये अनिता केसी रावत, रोजिना तिरुवा, गगना बिक, लालसरा बिक समेत जना गम्भीर घाइते रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्