२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

दलहरु सच्चिनुपर्ने सरोकारवालाको आग्रह



दैलेख – संघीय लोकतन्त्रलाई राजनीतिक दलहरुले दिगो विकास र उत्तरदायी शासन प्रणाली सञ्चालन गर्नुपर्ने सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । १९ औं लोकतन्त्र दिवसको अवसरमा बिहीबार गैरसरकारी संस्था महासंघ दैलेख शाखाले आयोजना गरेको कार्यक्रममा त्यस्तो सुझाव दिइएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीले राजनीतिक दलको शक्ति सामु राणा शासन ढलेको, पञ्चायती व्यवस्था हटेको, राजाको अक्रमण्यतालाई चुनौती दिंदै दोश्रो जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै दलहरु सच्चिनुपर्ने बताउनुभयो ।

‘राजा हटाएर लोकतन्त्रिक प्रणाली सहित नागरिकहरुबाट राष्ट्रप्रमुख राष्ट्रपति चयन गर्ने संवैधानिक व्यवस्था, समावेशी शासन प्रणालीले जनताप्रति जति आश्वस्त थिए दलहरुको कार्यशैली त्यस्तो पाइएन । यसले नागरिकमा असन्तुष्टी छ’ बार एशोसियसनका जिल्ला अध्यक्ष ललित थापाले टिप्पणी गर्नुभयो ।

आयोजक गैरसरकारी संस्था महासंघ दैलेख शाखाका जिल्ला अध्यक्ष डिलकुमारी चन्दको नेतृत्वमा विहान दैलेख सदरमुकामको गणेशचोकबाट आरम्भ भएको प्रभातफेरी नगर परिक्रममापछि लोकतान्त्रिक चोकमा कोणसभा गरेको थियो । बिहीबार साँझ लोकतान्त्रिक चोकमै दिपावली गरेको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख ११ गते बिहीबार