दैलेख – नौमूले गाउँपालिका वडा नं. २ नौफेरीका २९ वर्षीय देवीराम नेपाली भारत जाने क्रममा सम्पर्क विहीन भएका छन् । परिवारका अनुसार उनी २०८३ असार २ गते भारतको राजस्थानस्थित आफूले पहिले काम गरेको ठाउँमा फर्किन भन्दै घरबाट हिँडेका थिए ।
घरबाट निस्किएको भोलिपल्ट असार ३ गते दिउँसो करिब ४ बजे रुपैडियाबाट गाडी चढ्ने योजना रहेको भन्दै नारायण नगरपालिका–१० भवानी बस्ने दिदी सम्झनालाई मोबाइल मार्फत अन्तिम पटक सम्पर्क गरेका थिए । त्यसयता माेवाइल, फेसबुक वा सामाजिक सञ्जालमा समेत सम्पर्क हुन सकेको छैन ।
आफन्तका अनुसार देवीराम भारतको राजस्थानस्थित आफूले काम गर्दै आएको स्थानमा पनि नपुगेको र सम्भावित अन्य स्थानमा समेत खोजी गर्दा उनको अवस्था खुल्न सकेको छैन । अन्तिम सम्पर्क कोहलपुर–रुपैडिया क्षेत्रबाट भएकाले सोही क्षेत्रबाट उनी बेपत्ता भएको अनुमान गरिएको परिवारजनको भनाइ छ ।
देवीराम गत वैशाखमा भारतबाट घर फर्किएर करिब दुई महिना घरमा बसेपछि पुनः रोजगारीका लागि राजस्थान जान निस्किएका थिए । परिवारजनले आफन्त, साथीभाइ तथा सम्बन्धित निकाय मार्फत खोजी भइरहेको जनाउँदै उनको बारेमा कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन सबैमा आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्