दैलेख – सदरमुकाम नजिकैकाे सरस्वती माध्यमिक विद्यालय तर्ताङले प्रहरी र विद्यार्थीकाे सहकार्य विषय जानकारी गराउन मंगलबार जिल्ला प्रहरी कार्यालय दैलेखकाे अवलाेकन भ्रमण गराएकाे छ । विद्यार्थीकाे याे भ्रमणलाई प्रहरीले ‘समुदाय प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम’ नाम दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकसंग सरस्वती माध्यमिक विद्यालय तर्ताङका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले प्रहरीले गर्ने शान्ति सुरक्षा प्रवन्ध तथा अपराध नियन्त्रणका काम र समुदायकाे सहकार्य विषयमा छलफल गरेका थिए ।
अवलोकनका क्रममा पुगेका विद्यार्थीलाई डीएसपी बिकले प्रहरीको काम, कर्तव्य र कार्यालयबाट हुने सेवा प्रवाहका विषयसंगै बाल विवाह राेकथाम, सामाजिक कुचलन हटाउन विद्यार्थीहरुकाे सहयाेग गर्न आग्रह गर्नुभयाे । विद्यार्थीलाई प्रहरी कार्यालयको विभिन्न शाखा तथा कार्यसम्पादनबारे जानकारी गराइएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालयले सम्पादन गर्ने शान्ति सुरक्षा प्रवन्ध तथा अपराध नियन्त्रण जस्ताे कठिन कामको सविस्तार जानकारी गराएकाेमा धन्यवाद दिंदै याे भेटघाटले प्रहरीलाई आवश्यक सूचना र सहयाेग गर्न समुदायमा आफूहरुले सकारात्मक भूमिका खेल्ने सहभागी विद्यार्थीले प्रतिवद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्