काठमाण्डौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान २२ घण्टामा आज बिहान ७ बजे सकिएको हो र आजै नतिजा प्रकाशन हुने बताइएको छ ।
२ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत मात्र मतदान गरेका र ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए । विद्युतीय मेसिनबाट मतदान गर्न एकजनालाई ९ मिनेटदेखि २ घण्टासम्म लागेको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका मध्ये ११ जना निर्विरोध चयन भएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित एक अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्