दैलेख – दैलेखको भैरबी गाउँपालिका–५ कालगौडामा सोमबार दिउँसो भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएकाहरुकाे पहिचान खुलेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१००१ च ४९६४ नम्बरको बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जीपमा चालकसहित आठ जना सवार थिए ।
दुर्घटनामा चालक कालिकोटको शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय कलबहादुर रोकाय, शुभकालिका–४ का ३८ वर्षीय मित्र सुनार र शुभकालिका–६ की ६० वर्षीया पुल्तीसरा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शुभकालिका गाउँपालिका–४ का ३८ वर्षीय चक्र सुनार, शुभकालिका–६ का २० वर्षीय भरत बिक, शुभकालिका–५ का २६ वर्षीय कलम सुनार, शुभकालिका–६ का २७ वर्षीय सुमत बिक तथा शुभकालिका–६ का ४३ वर्षीय नैन सुनार घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवणकुमार बिकले दुर्घटनामा परेका सबै यात्रु कालिकोटका रहेको बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्