दैलेख – शुक्रबार विहानदेखि थालिएको मतगणनामा दैलेख क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका रबिन्द्रराज शर्माले ११ हजार ७९६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंह ५९८, नेमकिपाका जगतबहादुर ओलीले ३०२, नेकपा माओवादीका रामलाल बिश्वकर्माले २३५, राजमोका नरबहादुर सिंहले ९१, स्वतन्त्र उम्मेदबार लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका उम्मेदवार मेनुका श्रेष्ठले १६ मत पाउनुभएको छ ।
दैलेख क्षेत्र नंं.२ मा मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलको अग्रता निरन्तरता छ । निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार दिक्पालकुमार शाही हुनुहुन्छ । त्यहाँ पनि तेश्रो स्थान रास्वपाका बखतबहादुर शाही र चौथो स्थान नेकपाका योगेन्द्रबहादुर शाहीले लिइरहनुभएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरी कँडेल बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्