दैलेख – सामाजिक सञ्जालमा मायाप्रेमका कथा हेरेर सिको गरेर १४-१५ वर्ष उमेरका ‘सरु’ र ‘माने’ले भागेर विवाह गर्छन् । साथीहरु र शिक्षकले थाहा पाइसेक भनेर उनीहरुले कक्षा ९ पढाई छोडिसके । केटा र केटीले राजीखुशीमा विवाह गरिसके घरधन्धाकाे काममा मद्दत हुन्छ भनेर परिवारजनले स्वीकृती दिई आफन्त र पण्डित समेत बोलाएर घरमै जग्य बसालेर औपचारिक विवाह गरिदिन्छन् ।
उमेर २० वर्ष नपुग्दै उनीहरुका दुई सन्तान भइसकेका हुन्छन् । पढाई छुटेको कारण कतै रोजगारी पाउन गाह्रो, आफैले जन्माएका बच्चाहरुको कुपोषत, परिवारको सामान्य खानपिन जुटाउनै मुश्किल पर्छ । सानै उमेरमा जन्माएका सन्तानहरु र आमा कुपोषित भएको कारण स्वास्थ्य दुब्लो पातलो भएको देखिन्छन् । आमा र बच्चाहरुलाई देख्ने जो कसैले कठै बिचारा भनिरहेहका हुन्छन् ।
कमाईकाज नभएको कारण घरमा विवाद र कलह बढ्दै जान्छ । पारिवारिक कलहले माने जड्याँह भइसक्छ, जेनतेन मजदूरी गरी विहानबेलुका खानाको जोहो सरुले गर्छिन् तर दिनदिनै श्रीमानले कुटपिट गर्न थालेपछि बालबालिकाहरु पनि सधैंजसो त्रासदीमा रहेको देखिन्छन्, ३-४ वर्षका ससाना बच्चाहरुले आमालाई कुट्दै गरेका बुबालाई रोक्न सक्दैनन्, उनीहरु आमा रोइरहेको बेला संगसंगै रुनु बाहेक उपाय हुन्न ।
सरु र माने पढाई छोडेर विवाह गरेर अभाव र तनावको जीवन निर्वाह गरिरहेका बेला चाहिँ सरुकी साथी पूर्ना चाहिँ त्यही गाउँमा सरकारी जागिरे भएर आएकी हुन्छिन् । लक्ष्मीले सरुलाई भेट्न गएपछि उनले पाएको दुखसास्ती फेहरिस्त सुन्छिन्, दुखी हुन्छिन् । साथी जागिरे भएर गाउँमै सेवा गर्न आएको देखेर सरुलाई बालविवाह गरेको झनै पछुतो लाग्छ । साथीको दुखान्त देखेर लक्ष्मी खिन्न हुन्छिन् ।
यो कथा सामाजिक विकास कार्यालय दैलेखले बिहीबार जिल्ला सदरमुकामको देवकोटो चोक र गणेशचोकमा सामाजिक कुरीति र हानिकारक कुचलन हटाउन बालविवाह रोकथाम सम्वन्धी सडक नाटकमा देखाइएको दृश्य हाे । त्रिभुवन मावि दैलेखबजारका शिक्षकद्वय भक्तबहादुर थापा र हरिप्रसाद न्यौपानेको लेखन तथा निर्देशनमा त्यही विद्यालयका विद्यार्थीहरुले सडक नाटक देखाएका थिए ।
कृतिका बिष्ट‘सरु’ दुलही, युबक थापा ‘माने’ दुलाहा, सिवानी खाँड मानेकी आमा, बिनोद बिक मानेका बुबा, गोमा नेपाली सरुकी आमा, युवराज कार्की सरुका बुबा, लक्ष्मी थापा ‘पूर्ना’ सरुकी साथी, डेकेन्द्र कटुवालले शिक्षक, गम्भीर बीसी तथा बिनोद शाही प्रहरी कर्मचारी र प्रवीण भट्टराईले पण्डितको भूमिका निर्वाह गरेका थिए । सुनिता तारामी सिवानी खाँणको नृत्यले दर्शकहरुलाई आक्रर्षित गरेको थियो ।
बालविवाहले पढाई छुटेको, रोजगारी पाउन नसकेको, आर्थिक श्रोत नजुट्दा परिवारमा अभिभावकहरुले गर्ने हेपाई, स्वास्थ्य तन्दुरुस्ती नहुदै विवाह गरी सानै उमेरमा सन्तान जन्माएको कारण आमा र बच्चाहरु कुपोषित भएका, पारिवारिक कलह र महिला हिंसा बढेको समस्या दर्शाउदै सरुले भागेको सास्ती र पूर्नाको प्रगति उदाहरण दिएर सडक नाटकमा बालविवाह रोकथामको सन्देश दिइएको थियो ।











प्रतिक्रिया दिनुहोस्