२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

बास नेपालले मनायो टोपी दिवस



दैलेख – बागेश्वरी असल शासन क्लव (बास नेपाल) दैलेख शाखाले इस्वी सम्वत २०२६ शुभारम्भ भएको अवसरमा राष्ट्रिय टोपी दिवस मनाएको छ ।  हरेक वर्ष जनवरी १ तारिकका दिन बास नेपालले विगत ४ वर्षदेखि नियमित रुपमा दिवस मनाउने गरेको बास नेपाल दैेलेख शाखाका पूर्व अध्यक्ष हिक्मत बुढाले जानकारी दिनुभयाे ।

राष्ट्रिय टोपी दिवस कार्यक्रममा २ दिन सडक दुर्घटनामा घाइते हुनुभएका बास नेपाल दैलेख शाखाका अध्यक्ष कृष्णकमल अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामनासंगै दिवसले देशमा सुशासन अभिबृद्धिको पैरबी, नेपाली मौलिकता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सबैको अग्रसरता बारे वक्ताहरुले चासो जनाउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका जिल्ला अध्यक्ष हिमराज अधिकारी, दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघका पूर्व जिल्ला अध्यक्ष मणिराम शर्मा लगायतले दिवसको महत्व बारे बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार