२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

अपाङ्गता परिचयपत्र पाउनै सास्ती



दैलेख – अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्र लिनै सास्ती खेप्नु परेको दुखेसो पाेखेेका छन् । न्यून दृष्टि भएका नारायण नगरपालिका-७ बिजाैराका बसन्त थापाले अपाङ्गता परिचयपत्र पाउन आँखा जाँच्न नेपालगञ्ज जानुपरेको र बैंक खाता खाेल्दा पनि बैंकले पटकपटक बाेलाउने गरेकाे सुनाउनुभयाे ।

नारायण नगरपालिका-१ कुसाडाका कुमार गाैतमले अपाङ्गता भएकाहरुलाई व्यक्तिलाई राेजगारीबाट हटाउन पाइदैन भन्ने व्यवस्था छ तर कैयौंलाई हटाइएको छ, राेजगारीमा अवसरहरुमा प्राथमिकता दिइएको छैन । नीति र कानूनमा सहुलियत छ तर व्यवहारमा कार्यान्वयन छैन उहाँले भन्नुभयो ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार वाहिरको नेतृत्व यसको आधार’ भन्ने मुल नारा सहित अपाङ्गता सम्बन्धी ३३ अौं  अन्तराष्ट्रिय दिवसकाे अवसरमा नारायण नगरपालिकाले दैलेख सदरमुकाममा आयाेजना गरेकाे खुला बहस कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएकााहरुले समस्या सुनाएका थिए ।

दैलेख सदरमुकामकाे गणेशचाेकबाट प्रभातफेरीले नगरपरिक्रमा गरी जिल्ला समन्वय समितिकाे सभाहलमा पुगेर अौपचारिक कार्यक्रममा परिणत भएको थियोे । कार्यक्रममा नारायण नगरपालिकाकाे मेयर लाेमन शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई दिइने सेवा, सुविधा सहज बनाइने प्रतिवद्धता जनाउनुभयाे ।

खुला बहसमा उठेका समस्याहरुका विषयमा नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, नेपाल रेडक्रस साेसाइटीका जिल्ला सभापति निर्जनकुमार खत्रीले जवाफ दिनुभएको थियाे ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार