२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

नौमूलेमा साँस्कृतिक सम्मेलन सुरु



दैलेख – नेपला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार दैलेखको नौमूलेमा कर्णाली प्रदेश स्तरको लोक नृत्य तथा साँस्कृतिक सम्मेलन सुरु गरेको छ । औपचारिक समारोहमा कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सम्मेलनको उदघाटन गर्नुभयो । नेपाली भाषा र सँस्कृतिको उदगम थलो दैलेखमा सम्मेलनले कला सँस्कृतिकको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा योगदान पुग्ने मन्त्री भण्डारीले बताउनुभयो ।

कार्यक्रममा छोरीलाई विवाह गराउदा गाइने हुम्लाको चम्पा नाँच, धार्मिक विधि र अनुष्ठान अवलम्बनमा प्रेरित गर्ने दुल्लूको धमारी नाँच, मगर सँस्कृतिको जगर्ने गरिरहेको मारुनी नाँच, सल्यानी टप्पा, नौमूलेको महिलाहरुको पञ्चे बाजा नाँच लगायतका साँस्कृतिक पहिचानसंगै कलाकारहरु संगीता बडुवाल, सपना शाही, टिका पुन, बिनोद बिक, टेकराज भण्डारीका गीतसंगै भ्वाइस अफ नेपाल २०२५ बिजेता निशा थापा लगायतले गीत तथा नृत्य प्रस्तूत गर्नुभएको थियो ।

सँस्कृतिविद डा. मधुसुदन गिरी, बागिना समूहका अध्यक्ष कुलमान नेपाली, नेपला संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य द्वय बखत हमाल, टीका पुन, सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी, दैलेखको नौमूले गाउँपालिका अध्यक्ष छविराम सुबेदी लगायतले सम्मेलनको महत्व र यसको प्रवर्द्धनको आवश्यकता बारे चर्चा गर्नुभयो । प्रतिष्ठानका प्राज्ञ सदस्य हमालको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो । कार्यक्रम शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार