२०८२ असोज १५ , बुधबार (2025 Oct 2, Thursday)

उपचुनावदेखि दैलेखको विकासमा एमालेको चासो



दैलेख – निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तोकेको उपचुनावदेखि, रास्वपाको न्यायालय विरुद्धको आन्दोलन र जिल्लाको विकास चिन्ता गर्दै नेकपा एमाले दैलेखको तीनदिने बैठक सकिएको छ । आज दैलेख सदरमुमकाम आयोजना गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा उक्त कुरा खुलाइएको हो ।

नेकपा एमाले दैलेखका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले हस्ताक्षर गर्नुभएको प्रेसनोटमा वितरित सामग्रीमा न्यायालय विरुद्ध गरिएको आन्दोलनले अनुसन्धान प्रक्रियालाई विथोल्ने र शान्ति सुरक्षा भड्काउन घटनाप्रति ध्यानाकर्ष भएको औंल्याउदै रास्वपाले पोखरामा गरेको आन्दोलनलाई एंकित गरेको छ ।

स्थानीय निर्वाचन कार्यक्रम अन्तरगत दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने उपचुनावमा पार्टीका कार्यकर्तालाई परिचालन गर्ने भनिएको छ, उपचुनाव लक्षित गरी जिल्ला स्तरीय पार्टी कार्यकर्ताहरुलाई कात्तिक २१, २२ २३ गते प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य लक्ष्मी पोखरेल केन्द्रीय सदस्य बिनोद शाह, कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाह, उपसचिव रबिन्द्रराज शर्मा समेतको उपस्थितिमा कात्तिक ११ र १२ गत सचिवाल र १३ गतेको जिल्ला कमिटी बैठक भएको पार्टी सचिव हिमालयजङ्ग शाहीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

बैठकले दैलेख हुँदै गइरहेको कर्णाली करिडोर, दुल्लू र दैलेख सदरमुकामबाट माथिल्लो कर्णाली जोड्ने दुई वटा सडक, सुर्खेतबाट दैलेख सदरमुकाम जोड्ने लगायतका सडकहरु, बहुप्रचारित सुर्खेत माथिल्लो डुंगेश्वर सुरुङ्ग मार्ग, दुल्लू स्मार्टसिटी, राकम नयाँ सहर, दुल्लूको कृषि क्याम्पस लगायतका विकास आयोजनामा सरकारको ध्यानाकर्षण गराउने एमाले जिल्ला कमिटीले निर्णय गरेको कार्यालय सचिव यामनारायण उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ कात्तिक १४ गते बुधबार