२०८२ मंसिर २४ , बुधबार (2025 Dec 11, Thursday)

गाउँपालिकाको सूचना विरुद्ध शिक्षहरुको अल्टिमेटम



दैलेख – भैरबी गाउँपालिकाले आन्तरिक श्रोतबाट तलव सुविधा खुवाउन नसकिने भन्दै स्थानीय श्रोतका शिक्षकहरु हाजिर नगर्न नगराउन भनी उर्दीलाई शिक्षक महासंघ र दलका भातृसंगठनहरुले विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंसिर ४ गतेसम्म शिक्षक शिक्षकहरुको समस्या सुल्झाउन अल्टिमेटम दिएका छन् ।

विद्यालय प्रशासन र पेशागत संगठनहरुसंग कुनै छलफल नगरी प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लद्वारा हस्ताक्षेरित विज्ञप्ती सामाजिक सञ्जाल मार्फत जानकारीले पाएर अचम्मित भएको शिक्षक महासंघका भैरबी अध्यक्ष ललित सापकोटाले बताउनुभयो । एक्कासी शिक्षकहरु हटाएर विद्यालय बन्द गराउन खोजिएको आरोप लगाउनुभयो ।

गाउँपालिकाको सूचनापछि शिक्षक शिक्षकको नेतृत्व, पालिका क्षेत्रका १५ वटा विद्यालयका प्रधानाध्यपक र पेशागत संगठनका पदाधिकारी समेतले गाउँपालिकामा पुगी विद्यालयहरु सुचारु गराउन शिक्षकहरु हटाउन नहुने सुझाव दिएका छन् । गाउँपालिका अध्यक्ष रिताकुमारी शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत पृतम थाापालाई अल्टिमेटम दिए ।

शिक्षक पुनः काममा फर्काउन श्रोतको व्यवस्थापन गर्न मंसिर ४ गते बैठक बस्ने सहमती भएको हिमालय मावि डाँडीमाडीका शिक्षक विशाखर रिजालले जानकारी दिनुभयो । गाउँपालिका सूचना अनुसार भैरबीका १५ विद्यालयका ६८ जना गाउँपालिका अनुदान शिक्षकहरु हटेका छन् भने २६ जना बाल विकास सहजकर्तालाई थपिएको ५ हजार पनि कटौतीमा परेको छ ।

 

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार