२०८२ असोज १५ , बुधबार (2025 Oct 1, Wednesday)

दैलेखमा पनि कर्फ्यू आदेश



दैलेख – पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यलयले दैलेखमा पनि आज साँझ ५ बजेसम्म भोलि विहान ५ बजेसम्म कर्फ्यू आदेश जारी जरिएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गर्नुभएको कर्फ्यू आदेश आसभा, बैठक, भेला, घेराउ, प्रदर्शन र हुलदंगा गर्न नपाइने जनाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय भएको भनी स्थानीय प्रशासनले जारी गरेको एक सार्वजनिक अनुरोधमा हिंसात्मक गतिविधिमा सहभागी नहुन, अत्यावश्यक काम बाहेक वाहिर ननिस्कन, अत्यावश्यक सेवा लिन परे सूचना तथा समन्वय गरी सार्वजनिक सम्पतिको संरक्षणमा सघाउन आग्रह गरिएको छ ।

अबाञ्चित तथा हिंसात्मक गतिविधि वा अपराधिक गतिविधि भएको अवस्थामा सुरक्षा निकायमा सूचना गर्न अनुरोध गरिएको छ । सुरक्षा अधिकारीहरु र नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

हिंसात्मक र अपराधिक गतिविधि देखिएको अवस्थामा सूचनाहरु जिल्ला प्रशासन कार्यालयमा ९८५८०४०१२६, नेपाली सेनाको कालिदत्त गुल्मको ल्याण्डलाइन फोन ०८९–४२०२३४, जनपथ प्रहरीको ९८५८०५६४५६ र सशस्त्र प्रहरीको ९८५१२७११४१ मोवाइलमा सम्पर्क गर्न सूचित गरिएको छ ।

सोमबार र मंगलबार दुई दिनसम्म जेनजीको प्रदर्शनको क्रममा २१ जनाको प्रदर्शनकारी र तीन जना प्रहरी सुरक्षाकर्मीको ज्यान जानुसंगै खरबौं रुपैंयाँको भौतिक सम्पति नष्ट भएको अवस्थामा थप क्षति हुन नदिन र प्रदर्शनमा घुसपैठ रोकथाम र सुरक्षा प्रभावकारिता गर्न नेपाली सेना परिचालित भएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार