
काठमाण्डौं – सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जना समेत १९ जनाको मृत्यू भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनु भएको हाे । नैतिकताका आधारमा राजीनामा दिनुभएकाे हाे ।
मन्त्रीपरिषद् बैठक अघि कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बन्नुभएकाे थियाे ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्