
काठमाण्डौं – सोमबार दिउँसो बानेश्वरमा भएको जेनजी पुस्ताको आन्दोलनमा परी मृत्यु हुने प्रदर्शनीकारीकाे संख्या १४ पुगेको छ ।
सिभिल अस्पतालमा दुई, ट्रमा अस्पतालमा ६ जना, टिचिङ अस्पतालमा एक जना र केएमसी अस्पतालमा एक जना समेत १३ जनाको मृत्यु भएको हो ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्