२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

युवाहरुलाई मानसिक स्वास्थ्य अभिमुखीकरण



दैलेख – अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल)ले दैलेख सदरमुकामा मानसिक स्वास्थ्य सवालमा युवाहरुलाई अभिमुखीकरण गरेको छ । महिला तथा उपेक्षित समुदाय माथि हुने गरेको हिंसा, शोषण र उत्पीडनले पार्ने मनोसामाजिक असरका विषयमा मनोविमर्शकर्ता उर्मिला बीसीले सहजीकरण गर्नुभएको थियो ।

टीपीओ नेपालले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना कार्यक्षेत्र नारायण नगरपालिकामा लैंगिक उत्तरदायित्व, समावेशी शासन, सामाजिक उत्तरदायित्व प्रवद्र्धन, नीति र समावेशीकरण सवालमा भइरहेका क्रियाकलाप युवा सक्रियताको आवश्यकता सवाल र मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि काम गर्ने निकायहरु बारे त्यसबखत जानकारी गराइएको थियो ।

यूरोपियन यूनियनको सहयोगमा संयुक्त राष्ट्र संघका ४ वटा निकायहरु यूनिसेफ, यूएनएफपीए, यूएनउमन र आईएलओसंगको सहकार्यमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना दैलेखको नारायण नगरपालिकामा वीफ, सोसेक नेपाल, सीएमसी नेपाल, टीपीओ नेपालसंगको सहकार्यमा गतिविधि चलिरहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार