२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

बालविवाह राेकथाम सवालमा छलफल



सामाजिक कुरीतिकाे रुपमा रहेको बालविवाह समस्या समाधानका लागि सामुदायिक सहकार्य विषयमा दैलेखमा बृहत कार्यक्रम भएको छ । महिला कानून विकास मञ्चकाे आयाेजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज र सराेकारवालाबीच अन्तरक्रियात्मक छलफल भएको हाे ।

कार्यक्रममा बालविवाह र याैन दुर्व्यवहार  राेकथाम विषयमा अधिवक्ता गीता काेइरालाले सहजीकरण गर्नुभएको थियाे । नारायण नगरपालिकाका मेयर लाेमन शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापा, गैसस महासंघका काेषाध्यक्ष भरतराज अधिकारी समेतकाे सहभागिता थियाे ।

बालविवाह र याैन दुर्व्यवहार अपराध गर्ने व्यक्तिलाई हुने कानूनी सजाय, पीडितकाे स्वास्थ्य, शैक्षिक, सामाजिक, आर्थिक हानीनाेक्सानी विषयमा सामाजिक जवाफदेहिता बृहत छलफल भएको थियाे । यी अपराधमा कडा सजाय भएमा राेकथाममा सहयोग पुग्ने सहभागीहरुकाे सुझाव दिनुभयाे ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार