दैलेख – सुर्खेतदेखि दैलेख सदरमुकामका लागि छुटेकाे कर्णाली प्रदेश ०२-००१ज ०८६२ नम्बरकाे यात्रु वाहक इभी गाडी दुर्घटनामा एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।
नारायण नगरपालिका-१ निवासी ३६ वर्षकी संगीता रानाको हात खुट्टामा चोट लागेकाेले उपचारको लागि सुर्खेत तर्फ पठाइएको र अरु १२ जना यात्रहरु सकुसल रहेको दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बरालले जानकारी दिनुभयाे ।
गाडी ब्रेक फेल हुन गई सडकमा पल्टिएकाे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनास्थलमा पुगेको घाेडाबास प्रहरी चाैकीकाे टाेलीले गुराँस गाउँपालिका-४ रतिखोला निवासी चालक २२ को मनिष शाहीलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्