
दैलेख – रोपाइँको लागि पानीको कुलो लगाउँदै गर्दा भीरमा खसेर साविकको बेलासपुर गाविसका पूर्व उपाध्यक्ष ७० वर्षीय कमानसिंह सार्कीकाे निधन भएको छ । तिदुगैरा खेतमा आजै गर्न लागेको रोपाइँको लागि भूर्तीखोलाबाट कुलोमा पानी लगाउन लाग्दा चिप्लिएर नारायण नगरपालिका–३ निवासी पूर्व उपाध्यक्ष सार्कीकाे निधन भएको हो ।
कुलोमा पानी रामरी बगोस् भनेर ढल मिलाउँदै गरेको बेला अकस्मात चिप्लिएर तिदुगैरा भीरमा करिब डेढ सय मीटर तल खाेल्सामा खसेर सख्त घाइते हुनुभएकाेमा उपचारका लागि दैलेख अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका नारायण नगरपालिका–३ का वडासदस्य रत्ना सार्कीले जानकारी दिनुभयो ।
२०४९ मा साविकको बेलासपुर गाविसका उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका कमानसिंह सार्की यो बेला नेकपा एमालेको जिल्ला कमिटी सदस्य र नारायण नगरपालिका–३ स्थित पञ्चदेवल प्रावि भूर्तीको विव्यस अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँका एक श्रीमति, चार छोरी र दुई छोरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्