
दैलेख – भैरबी गाउँपालिकाले भुस्याह कुकुर घटाउन अर्थात वृद्धिदर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालेको छ । बाटोमा छाडिएको कुकुरहरुले मानिस र पशुबस्तुहरुलाई टोक्ने गरेको गुनासोपछि भैरबी गाउँपालिकाको पशु पन्छी शाखाले यो अभियान थालेको हो ।
बाटोमा छाडिएका कुकुरले टोकेका मानिस र पशुबस्तुहरुमा रेविज रोग देखिएपछि कुकुरको संख्या नियन्त्रण गर्न ७६ वटा भुस्याह कुकुर बन्ध्याकरण गरिएको भैरबी गाउँपालिकाको पशु पन्छी शाखा इञ्चार्ज डा. रञ्जनसिंह कुशवाहाले जानकारी दिनुभयो ।
मंगलबार र बुधबार भैरबी गाउँपालिकाका ७ वटै वडामा भुस्याह कुकुर बन्ध्याकरण अभियानसंगै घरमा पालेका कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको र कुकुर पालक स्थानीयहरुलाई कुकुरको उचित रेखदेख, आहार र सरसफाई शिक्षा दिइएको बताइएको छ ।
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्