दैलेख – ज्येष्ठ नागरिकहरुको परिवार, समाज र देशका लागि उन्नतिको लागि असल मार्गदर्शक मानिन्छन् । उनीहरुको कसैको कुभलो चिताउदैनन्, राम्रो गर्नकै लागि प्रेरणा दिने, आफूले जानको सिकाउने, बुझाउने र अथ्र्याउने गरिरहेका हुन्छन् । यसैले ज्येष्ठ नागरिकलाई ज्ञानका खानी भनिन्छन् । आवश्यकता अनुसार उनीहरुको सुरक्षा, संरक्षण र उचित हेरचाह गर्न राज्यले नीति, नियम बनाएको छ । ज्येष्ठ नागरिकको सम्मान अभिवृद्धि गर्न नीति, नियम बनाइएका हुन् ।
ज्येष्ठ नागरिकहरुमा माथि कसैले दुव्र्यवहार, अपहेलना र अन्याय नपारुन भनेर नेपाल सरकारले ऐन नै जारी गरेको छ । ऐनको नाम ‘ज्येष्ठ नागरिक सम्वन्धी (पहिलो संशोधन) २०७९’ रहेको छ । २०६३ सालमा आएको ऐन पहिलो संशोधन २०७९ मा गरिएको । ऐनले ज्येष्ठ नागरिक पीडित हुने गरी कुनै अपराध गरेमा कसूरदारलाई २५ प्रतिशत सजाय थपिन्छ । सार्वजनिक जिम्मेवारीमा भएको व्यक्तिले येष्ठ नागरिक माथि त्यस्तो पींडा पारेमा थथ १० प्रतिशत सजाय थप गरिन्छ ।
‘ज्येष्ठ नागरिक सम्वन्धी (पहिलो संशोधन) २०७९’ ले ज्येष्ठ नागरिक पीडित हुने गरी कुनै अपराध गरेमा तीन महिनादेखि पाँच वर्ष कैद र दश हजारदेखि पाँच लाख रुपैंयाँसम्म जरिवाना हुने व्यवस्था छ । कानूनले ६० वर्ष माथिका सबैलाई ज्येष्ठ नागरिक परिभाषित गरेको छ । यो कानूनले ज्येष्ठ नागरिकबाट कुनै अपराध भएमा ६५७० का ज्येष्ठ नागरिलाई २५ प्रतिशत, ७१७५ का ज्येष्ठ नागरिलाई ५० प्रतिशत र ७५ माथिका ज्येष्ठ नागरिलाई २५ प्रतिशत सजाय मिन्हा हुने कानूनी व्यवस्था गरेको छ ।
सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा र सरकारी अस्पतालमा प्रचलित मूल्यमा ५० प्रतिशत उपचारमा सहुलियत दिने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई जटिल रोगहरुको उपचारमा एक लाख रुपैंयाँ छुट गर्ने र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मुटु र मृगौलाको उपचार निशुल्क उपचार गरिने कानूनमै उल्लेख छ । पछिल्लो समयमा ७५ वर्ष उमेर नाघेका नागरिकलाई मासिक चार हजार, ६८ माथिका सबै र ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिकलाई मासिक २६ सय ८० रुपैयाँ सामाजिक सुरक्षा दिइदै आएको छ ।
ज्येष्ठ नागरिकहरुको लालनपालन सन्तानले गर्नुपर्ने, सन्तान नहुनेको हकमा नजिकको हकदार र नजिकको नातेदार नभए राज्यले पालनपोषण गर्नुपर्ने कानूनी प्रवन्ध छ । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकको हकमा यो प्रावधान राखेको छ । यस्ता सेवा, सुविधा र सहायता दिलाउन लगायतका सरकारले नीति र कार्यक्रमहरु पनि बनाउने गरिरहेको छ । निनै कामलाई प्रवद्र्धन गर्न नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपाल सरकारले पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाए पनि दैलेखको नौमूले गाउँपालिकाले चाहिँ २०८२ वैशाख १४ गते कुशे औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा नौमूले गाउँपालिकाका ८ वटै वडाबाट ९० भन्दा बढी ज्येष्ठ नागरिक र केही हेरचाह गर्ने परिवारजन समेत ११६ जनालाई श्रीस्थान, नाभीस्थान, कोटिला र पादुकाको भ्रमण गराएको छ । नयाँ वर्षको अवसर र धार्मिक पर्वको अवसर पारेर भ्रमण गराइएको नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरुलाई धार्मिक तीर्थस्थलको भ्रमण गराउँदा उहाँहरुलाई आत्मसन्तुष्टी पनि मिल्ने, जिल्लाभित्रको आन्तरिक पर्यटन प्रवद्र्धन हुने, अरु भन्दा फरक क्रियाकलाप हुने भएकोले धार्मिक तीर्थस्थलको भ्रमण गराइएको नौमूले गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रमा थापाले जानकारी दिनुभयो । धार्मिक तीर्थस्थलको भ्रमणमा आवश्यक पर्दा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गर्ने डाक्टर सहितको टोली साथमै गएको थियो ।











प्रतिक्रिया दिनुहोस्