२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

भीरबाट खसेर एकजनाको मृत्यू



दैलेख – दैलेखमा भीरबाट खसेर एक जना युवाको मृत्यू भएको छ । भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ बर्षीय मीमवहादुर चन्दको भिरवाट लडेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिनुभयो ।

भगवतीमाई गाउँपालिका १ वेस्तडा बजारदेखि पैदल हिंड्दै वडा नं. ३ मेहेलतोलीस्थित घर जाने क्रममा रुम खोलाको लाप्का तरेर सिंडीचड्दै गर्दा भीरवाट खसेर चन्दको घटनास्थलमा मृत्यू भएको डिएसपी गणेश बरालले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार