स्वर्गीय साहित्यकार जीवन आचार्य
झापा – जीवन स्मृति प्रतिष्ठान झापाले पुरस्कारका लागि प्रतिभा छनोट गरेको छ । जीवन स्मृति प्रतिभा छनोट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी र २०७९ पुरस्कार मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरेलाई प्रदान गर्ने भएको छ ।
त्यस्तै २०८० का लागि कलाकार विक्रमश्री र २०८१ का लागि कथाकार रीता ताम्राकारलाई प्रतिभा छनोट गरेको छ भने युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि सर्जक खुसी चोमु शेर्पालाई छनोट गरेको कुरा संस्थाका सचिव धनकुटे कान्छाले जानकारी दिनुभयो ।
जीवन आचार्य ३० का दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुनुहुन्छ । उहाँको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने सचिव धनकुटे कान्छाले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्