२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

योजना तर्जुमामा नागरिक सहभागिताकाे चासो



दैलेख – नारायण नगरपालिकामा योजना तर्जुमा, बजेट विनियोजन तथा कार्यान्वयन चरणमा नागकिर समाजको सहभागिताको सवालमा छलफल भएको छ । योजना निर्माणका ७ चरणहरु कति पारदर्शी र जवाफदेही बनाइएको छ ? यूनिसेफ र किडाकको सहकार्यमा आइतबार दैलेख सदरमुकाममा गरिएको कार्यक्रममा त्यस्तो छलफल भएको ।

श्रोत अनुमान तथा बजेट सीमा निर्धारण, स्थानीय तहको श्रोत तथा संघीय र प्रदेश सरकारहरु बाट प्राप्त बजेट सिलिङ्ग, सिलिङ्गका आधारमा वस्ती÷टोल स्तरबाट नागरिक सहभागिता आवश्यकता पहिचानका आधारमा योजना छनोट गर्नुपर्ने नीति छ । योजना निर्माण ७ चरणमा तेश्रो चरणमा नागरिकहरुको सहभागिता खोजिएको छ ।

सुशासन र पारदर्शिताको अभ्यासलाई बढावा दिई वडा तहमा योजना छनोट तथा प्रथामिकरण गर्ने, संकलित योजनाहरु विषयगत समितिमा छलफल र एकीकृत योजना तर्जुमा, कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृती, सभाको बैठकमा बजेट तथा कार्यक्रम स्वीकृत गर्ने काम स्थानीय तहले सम्पादन गर्नुपर्ने व्यवस्था छ ।

योजना निर्माणका ७ चरणहरु योजना छनोट गर्नुपर्ने नीति, आवश्यकताका आधारमा योजना छनोट, बजेट तथा कार्यक्रम स्वीकृत प्रक्रिया र कार्यान्वयन चरणमा नागरिक सहभागिता बिषयमा सहजकर्ता बालकृष्ण चौधरी र नेत्र केसीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता उपमेयर तप्ताकुमारी थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार