२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

चट्टयाङ लागेर एक जनाको मृत्यू



दैलेख – दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीकाे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

हिजो साँझ घरमै परेको चट्टयाङले घाइते भएका एकै परिवारका चार जनालाई उपचारका लागि दैलेख अस्पताल ल्याउदै गर्दा मृत्यू भएको प्रहरीले जनाएको छ । चट्टयाङले घाइते भएकी दशरथकी श्रीमति २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ वर्षको छोराको दैलेख अस्पतालमा उपचारपछि फर्किसकेका छन् ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार