२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

आज वैशाख १५, नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – आज वैशाख १५ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३६ रुपियाँ ४३ पैंसा र बिक्री दर १३७ रुपियाँ ३ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४९ र बिक्री दर ९ रुपियाँ ५४ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १५५ रुपियाँ ५ पैंसा र बिक्री दर १५५ रुपियाँ ७३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ३७ पैंसा र बिक्री दर ३६ रुपियाँ ५३ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ४२ पैंसा र बिक्री दर ३७ रुपियाँ ५९ पैंसा अनि कुबेती दिनार खरिद दर ४४४ रुपियाँ ९० पैंसा र बिक्री दर ४४६ रुपियाँ ८६ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १५ गते सोमबार