
दैलेख – सुशासनको खबरदारी गर्दै आएको बास नेपालले नारायण बहुमुखी क्याम्पसमा ‘हाम्रो मातृभाष, हाम्रो पहिचान’ वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा सुष्मा शाही प्रथम, लक्ष्मी राना मगर द्वितीय र लक्ष्मी थापा मगर तृतीय हुनुभयो । उहाँहरुलाई नगद पुरस्कार र प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा नारायण बहुमुखी क्याम्पसमा अध्ययनरत ७ जना सहभागी अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा शुक्रबार उक्त प्रतियोगिता गरिएको बास दैलेखका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा जंग बोगटी, कृष्ण देवकोटा लगायतका साहित्य अनुरागीले कविता सुनाउनुभएको थियो ।
क्याम्पसका प्रमुख नरबहादुर शाहीले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको अन्तरनिहीत क्षमता अभिबृद्धि गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, सुशासनकर्मी धिरेन्द्र शाही, नारायण बहुमुखी क्याम्पसका स्ववियू सभापति हेमराज बस्नेतले बोल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्