
दैलेख – भगवतीमाई गाउँपालिका–१ मौलेसालमा भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल दुर्घटनामा उहाँको मृत्यूभएको हो । मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडककै अड्केको र थापा सडकबाट करिब १५ मीटर तल खोल्सामा खसेर घाइते भएको अवस्थामा उद्धार गरी दैलेख अस्पताल पु¥याइएको थियो ।
दैलेख अस्पतालमा पु¥याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ । आफन्तको विवाहमा सहभागी भई पुगियाँबाट लाकुरी जान हिंडेका थापा दुर्घटनामा पर्नुभएको थियो । उहाँ दुई महिना अघि नेपाली सेनाबाट सेवा निबृत हुनुभएको थियो ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्