दैलेख – निर्वाचन आयोगले उपनिर्वाचन कार्यक्रम अन्तरगत मंसिर १६ गते मतदान हुने कार्यका लागि तयारी पूरा भएको अधिकारीहरुले जनाउनुभएको छ ।
लेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदान गराउन तयारी अन्तिम चरणमा पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।
महाबु गाउँपालिका अध्यक्ष पदका लागि मतदान गराउन ९ स्थानमा १६ वटा मतदान केन्द्र र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदानमा दुई वटा मतदान स्थलमा चार वटा मतदान केन्द्र हुनेछन् ।
मंसिर १३ गते अनुशिक्षण दिई मतदान स्थलमा आवश्यक पर्ने ५३ प्रकारका सामग्री सहित मतदान अधिकृतहरुलाई उपलब्ध गराइएको जिल्ला निर्वाचन कार्याल दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले बताउनुभयो ।
ती मतदान स्थलहरुमा २० जना मतदान अधिकृतहरु समेत एक सय २० जना कर्मचारी खटाइएको जानकारी मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो । मतदान स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा प्रवन्ध गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्