काठमाण्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीमाथि म्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी भएकाे भन्ने अपुष्ट आरोप लगाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सीआईबीले पक्राउ गरेको छ । ‘साइबर अपराध’ मुद्दामा उहाँलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
अपत्यारिलो कागजलाई प्रमाण भेटिएकाे भन्दै सामाजिक सञ्जालमा सेयर गरिएको विषय प्रसाईंले उठाएको र अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाइएको घटना ‘साइबर अपराध’ अाकर्षित भएकाेले पक्राउ गरी कारवाही थालिएको केन्द्रीय अनुसन्धान व्यरोले जनाएको छ ।
गत वर्षदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूसंग यस्तो यथेष्ट प्रमाण रहेको दाबी गर्नुभएको छ । गएको असोज ६ गते पनि प्रसाईं त्यसबेला ५० हजार धरौटीमा छुट्नुभएकाे थियाे । प्रसाईंले मंसिर ७ गते जनप्रदशर्नकाे याेजनामा हुनुहुन्थ्याे ।
प्रतिक्रिया दिनुहोस्