दैलेख – नेपाल तरुण दल केन्द्रीय समितिले दैलेख शाखा अध्यक्षमा मिलन बिश्वकर्मालाई मनाेनीत गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्गले बुधबार एक पत्र लेख्दै महाबु गाउँपालिका–६ निवासी बिश्वकर्मालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख गर्नुभएकाे छ ।
पत्रकारिता, साँगतिक, साहित्य सिर्जनामा दखल राख्नुभएका बिश्वकर्मा युवा पङ्तिमा लोकप्रिय हुनुहुन्छ । तीन वर्ष अघि निर्वाचित जिल्ला अध्यक्ष लालबहादुर चन्द नौमूले गाउँपालिका–६ का वडाध्यक्ष निर्वाचित भएपछि रिक्त रहेको नेपाल तरुण दलको जिल्ला अधयक्षमा बिश्वकर्मालाई जिम्मेवारी दिइएको हो ।
प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्