अछाम – चौरपाटी गाउँपालिका-१ मटेनाको परिवर्तनशील युवा क्लबले गएको तिहारमा खेलेको देउसी–भैलोमा उठेको दान रकमबाट शिक्षकको तलव तिरिएकाे छ । देवीस्थान आधारभूत विद्यालयका शिक्षकहरुको तलव तिरिएकाे हाे । क्लबले देउसी–भैलोमा दान संकलन गर्दा नै शिक्षककाे तलव दिने जनाएकाे थियाे ।
लक्ष्मी पूजाको दिनदेखि लगातार ५ दिन खेलिएको देउसी–भैलोमा ३ लाख ५२ हजार ३६५ रुपैयाँ दान प्राप्त भएको क्लबका अध्यक्ष देवबहादुर साउदले जानकारी दिनुभयो । ‘अघिल्ला वर्षका देउसी–भैलोमा पनि लाख रुपैंयाँ जति उठ्थ्याे, यस पटक विद्यालयलाई सहयोग भनिएकोले पनि दान राम्रै उठ्याे’ उहाँले भन्नुभयो ।
देउसी–भैलोमा प्राप्त भएको उक्त रकम देवस्थान आधारभूत विद्यालयमा निजी श्रोतबाट राखिएका दुई जना शिक्षकहरुको पारिश्रमिक तिर्ने गरी विद्यायललाई हस्तान्तरण गरिएको । क्लबले समाजमा विद्यमान विभेद, असमानता, कुरीति, कुचलनहरुको हटाउन सामाजिक सचेतनाका कामहरु पनि गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्