दैलेख – सुर्खेतको सिमाना रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परिचय नखुलेका चार जनाको मृत्यू भएको छ । उक्त दुर्घटनामा चार जनाको मृत्यू हुनुसंगै ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्रबीर बिश्वकर्माले बताउनुभयो ।
दुर्घटनामा दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरबी गाउँपालिका–२ रावतकोटका तीन जना ३६ वर्षीय कर्णबहादुर विष्ट, १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको डीएसपी बिश्वकर्माले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको फोर्स गाडी शुक्रबार विहान भैरबी गाउँपालिका–५ डाँडीमाडीबाट दैलेख बजार हुँदै सुर्खेत जादै गर्दा बीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक दुर्घटनामा परेको थियो । १६ जनाको सीटमा फोर्समा ३४ जना लिएर दुर्घटना भएको घटनामा रानीमत्ता प्रहरी चौकीले के हे¥यो ? भनी सर्वत्र आलोचना भएको छ ।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका–४ का २८ वर्षीय चन्द्र मल्ल, भैरबी गापा–३ की २८ वर्षीया जगतकुमारी बिष्ट, उहाँको छोरा अन्दाजी वर्ष २ को स्माइल आचार्य, ६ वर्षीया छोरी स्मारिका आचार्य, त्यही ठाउँका १२ वर्षीय राजन थापा, २१ को प्रकाश बिष्ट घाइते हुनुभएको छ ।
भैरबी गापा–१ रावतकोटका २२ वर्षीया सम्झना भण्डारी, उहाँको छोरा २ वर्षीय युनिक विष्ट, त्यही ठाउँकी १० वर्षीया चन्द्रा रावत, दुल्लू नगरपालिका–६ की १९ वर्षीया सुजाता रावत, त्यही ठाउँकी ९ वर्षीया बिहानी केसी, भैरबी गाउँपालिका–३ का २० वर्षीया कमला बिष्ट, भैरबी गाउँपालिका–१ का ३१ वर्षीया रमा बिष्ट घाइते हुनुहुन्छ ।
साे दुर्घटनामा नाम ठेगाना नखुलेका १५ महिनाको बालिका, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय सौगात मल्ल, बीरेन्द्रनगर नगरपालिका–८ का ३४ वर्षीय कृष्णा थापा, उहाँको छोरा ४ वर्षीय राजन थापा, ११ वर्षीया छोरा अविक्षा थापालाई कडा चोट लागेको छ ।
दैलेखको भैरबी गाउँपालिका–५ का ३० वर्षीय कमल नेपाली, भैरवी गाउँपालिका–१ की १८ वर्षीया तुल्सी थापा, भैरवी गाउँपालिका–२ की २३ वर्षीया लालकुमारी बिष्ट, त्यहीकी २२ वर्षीया पुष्पा खड्का, भैरवी गाउँपालिका–१ की २७ वर्षीया सुजता खत्री पनि दुर्घटनामा घाइते हुनुभएको छ ।
त्यसैगरी दुल्लू नगरपालिका–१२ गौरीकी २६ वर्षीय चन्दा रावत, उहाँको ७ वर्षीया छोरा सन्दिप रावत, नारायण नगरपालिका–४ का २५ वर्षीय बालाराम रेग्मी, महाबु गाउँपालिका–३ का २५ वर्षीय सुवर्ण शाही, ३० वर्षीय प्रकाश बुढा, १६ वर्षीय हरि रावल, भैरवी गाउँपालिका–२ का १७ वर्षीय घनश्याम बिष्ट घाइते भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्