२०८३ साउन १२ , मंगलबार (2026 Jul 28, Tuesday)

पहिरोको ढुंगा लागेर शिक्षिकाको मृत्यु



मृतक बिष्णुकुमारी शाही

दैलेख – दैलेखको नारायण नगरपालिका–११ बिन्ध्यवासिनीकी ३० वर्षीया बिष्णुकुमारी शाहीको पहिरोले बगाएको ढुंगाले लागेर मृत्यु भएको छ । धेरै माथिकाे पहिराेबाट आएकाे ढुंगाले चाे लागेकाे हाे ।

सोमबार नौमुले गाउँपालिका–१ तोलीस्थित माइतीघरको खेत गोडाइ सकेर घर फर्किने क्रममा भूतेखोला नजिक पहिरोले बगाएको ढुंगाले टाउकोमा गम्भीर चोट लाग्दा उहाँ घाइते हुनुभएको थियो ।

उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।

मृतक शाही कृष्ण प्रावि राइलीमा शिक्षिकाका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् तीन वर्षदेखि रोजगारीका सिलसिलामा मलेसियामा हुनुहुन्छ । उहाँका ६ वर्षका एक छोरा रहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार